सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ट्रम्प र पुटीन बीचमा ९० मिनेट फोन बार्ता, के-के भयो सहमति ?

988
shares

युक्रेनमा जारी युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार फोनवार्ता भएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार दुई नेताबीच कम्तीमा ९० मिनेट कुराकानी भएको हो।रुसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पुटिनले ट्रम्पसँगको फोन वार्तापछि युक्रेनको ऊर्जा लक्ष्यमा ३० दिनसम्म आक्रमण नगर्ने सहमति गरेको जनाएको छ।राष्ट्रपति पुटिनले युक्रेन र रुसले ऊर्जा पूर्वाधारमा ३० दिनका लागि आक्रमण रोक्न ट्रम्पको सुझावलाई समर्थन गरेका छन्, विज्ञप्तिमा भनिएको छ।

ट्रम्प र पुटिनबीच सहमतिअनुसार मार्च १९ मा रुस र युक्रेनले १७५ युद्धबन्दी साटासाट गर्नेछन्। साथै रुसमा उपचाररत २३ गम्भीर घाइते युक्रेनी सैनिकलाई युक्रेन पठाइने छ।रुसले ३० दिने युद्धविरामको अवधिमा युक्रेनमा सेनाको आवागमन रोक्न माग गरेको छ।ट्रम्प र पुटिनबीच फोनवार्ता हुनुअघि अमेरिकी अधिकारीहरूले साउदी अरेबियमा युक्रेनसँग वार्ता गरी ३० दिनको अस्थायी युद्धविरामका लागि समझदारी बनाएको थियो।

यसमा केही सर्तसहित पुटिन सहमत भए पनि अब युक्रेनले के गर्छ भनेर हेर्न भने बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सैन्य सहायताका लागि वार्ता गर्न फिनल्यान्ड पुगेका छन्।उनले टेलिग्राममा आफू फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबलाई भेट्न जाँदै गरेको लेखेका छन्।उनले त्यहाँ प्रधानमन्त्री पेट्री ओर्पो र रक्षा उद्योगका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछन्।

फिनल्यान्डको राष्ट्रपति कार्यालयले बुधबार राष्ट्रपति भवनमा वार्ता हुने पुष्टि गरेको छ।रक्षा सहायतासहित बैठकको मुख्य एजेन्डा युक्रेनमा हतियार उत्पादनमा लगानी र युक्रेन युरोपमा प्रवेश पनि हो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports