सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराजालाई लगाइएका आरोप प्रमाणित गर दाहाल

741
shares

काठमाडौ । गत फागुन २५ गते पूर्वराजा पोखराबाट काठमाडौ फिर्ता हुँदा उनको स्वागतका लागि देखिएको राजावादीहरुको भिडले गर्दा सबैभन्दा बढी सातो माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको गएको प्रष्ट रुपमै देखिएको छ । त्यही कारणले गर्दा उनले विना प्रमण पूर्वराजालाई अनेक प्रकारका आरोप लगाउन थालेका छन् ।
फागुन १२ गतेबाट प्रमुख प्रतिपक्षी दल माओवादीले पूर्वपश्चिम हुलाकी तराई मधेश जागरण अभियान चलाएकोमा १२ दिन नपुग्दै रौतहटमा पुगेर उक्त कार्यक्रम रोक्न बाध्य भएको थियो । राजावादीहरु सक्रिय भएको बहानाबाजी गर्दै चैत्र ८ गतेसम्म तय गरेको कार्यक्रम माओवादीले विचमै रोकेको थियो ।
वर्तमान सत्ता गठबन्धनलाई चुनौती दिने गरी जनताको माझमा गएको माओवादी पूर्वराजा र राजावादीहरुलाई देखाएर एकाएक अत्तालिएको थियो । पूर्वराजा काठमाडौ फिर्ता हुँदा माओवादी केन्द्र र त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अत्तालिनु पर्ने अवस्था थिएन । तर आफूले गरेको जागरण अभियानमा जनताले उत्साह नदेखाएको, बरु कतिपय ठाउँमा जनताले दाहालकै विरुद्धमा नारा लगाएका हुनाले उनले राजावादीहरुको सक्रियता बढाएको बहानाबाजी गरेर कार्यक्रम रोकेका थिए ।
लामो समयसम्म तोकिएका जागरण अभियानमा जनताको सहभागिता ओरालो लाग्दै गएको र आफू तीत तीन पटक प्रधानमन्त्री बन्दा पनि मधेश तराईका जनताको हितमा कुनै उपलब्धिमूलक कार्य नगरेको भन्दै उनको विरोध हुँदै आएको थियो । व्यक्तिगत स्वार्थका लागि मरिमेट्ने स्वभावका दाहालले आफूलाई सत्ताबाट हटाएर जनतामाझ पु¥याईदिएकोमा वर्तमान कांग्रेस–एमालेको गठबन्धनलाई धन्यवाद दिँदै आएका भएपनि सत्ता बाहिर रहनु पर्दाको पिडा र छटपटी देखिँदै आएको छ ।
पुष्पकमल दाहाल परिस्थिति अनुसार बोली फेर्न खप्पीस मानिन्छ । जुन ठाउँमा पुग्छ त्यही ठाउँमा मौसम अनुसारको बोल्नु जसरी भएपनि जनतालाई आफ्नो पक्षमा पार्न उनी लागि पर्ने भएपनि जनताले उनलाई विश्वास गर्न सकिरहेका छैनन् । राजावादीहरुलाई देखाएर फेरी कांग्रेस–एमालेले आफूलाई सत्तामा पु¥याईदिने आशामा उनी अगाडि बढेका भएपनि कांग्रेस–एमालेले अहिलेको सत्ता गठबन्धनलाई अझ बलियो बनाएर अघि बढ्ने निर्णय गरेपश्चात् दाहाल फेरी जागरण् अभियानमा जान बाध्य भएका छन् ।
नेपाली कांग्रेसले समेत अहिलेको सत्ता गठबन्धन २०८४ सम्म जाने उद्घोष गरेपछि दाहालमा अझ छटपट्टी बढेको छ । दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति नरम भएर प्रधानमन्त्री एवं नेकपा एमालेप्रति कठोर रुपमा प्रहार गरिरहेका छन् । त्यसको एउटै कारण हो कांग्रेस–एमालेसँगको गठबन्धन टुटाउने रणनीति ।
कांग्रेस–एमालेलाई आलोपालो खेलाउँदै प्रधानमन्त्री बन्न सफल भएका दाहाल पछिल्लो पटक आफ्नै कारणले गर्दा सत्ताबाट बाहिरिनु परेको र अहिलेकै अवस्थामा उनी फेरी प्रधानमन्त्री बन्न नसक्ने अवस्था देखिएपछि दाहाल अहिले राजावादीहरुलाई देखाएर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने भन्दै आएका छन् ।
दाहालको राष्ट्रिय सहमति सरकार बनाउनुपर्ने मागलाई नेकपा एमालेको चैत्र ५ गते बसेको सचिवालय बैठकले अस्वीकार गरिदिएको छ । राष्ट्रिय सहमतिको सरकारमा आफ्नो पार्टी समेत सरकारमा सहभागि हुन पाउने आशामा उनी थिए तर त्यसमा पनि तुषारापात भएपछि उनी राजधानी बाहिर गएका छन् ।
पछिल्लो समयमा दाहाल गणतन्त्रवादीहरु मिल्नुपर्दछ भन्न थालेका छन् । के अहिले गणतन्त्रवादीहरु मिलेका छैनन् र ? राजावादी बाहेक सबै गणतन्त्रवादीहरु एक भएकै छन त ? गणतन्त्रवादी मिल्नुपर्दछ भन्नु सबै सरकारमा जानु पर्दछ भन्नु हो त ? सरकारमा गए लुट्न पाइन्छ अहिले पाइएन भन्न खोजेरै सबै गणतन्त्रवादी मिल्नुपर्दछ भन्नु भएको हो कि ? यदि होइन भने गणतन्त्रवादी मिल्नुपर्दछ भन्नुको अर्थ के ? सबै गणतन्त्रवादीहरु मिलेकै छन् त । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम नगर्ने प्रवृत्ति भएका दाहाल साँच्चिकै गणतन्त्र संकटमा परेको भन्दै यहि मौकामा चौका हानेरै भएपनि आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिमा लागि परेका छन् ।
सशस्त्र आन्दोलनकै बेला राजासँग मिलेर जानुपर्ने तर्क राँख्दै आएका दाहाल यति ठुलो व्यवस्था परिवर्तन भइसकेको यत्तिका वर्ष वित्दा समेत १५÷२० हजार जनताले पूर्वराजालाई विमानस्थलबाट घेरा हालेर निर्मल निवास पु¥याउँदा दाहालको सातो गएको छ । त्यही कारणले गर्दा पछिल्लो समयमा उनी निकै डराएका छन् ।
कतै आफूँमाथि पनि कानूनी कारबाही गर्न जनताले माग गर्ने हुन् कि भन्ने पिडामा उनी छटपटाईरहेका र पूर्वराजालाई गाली गलौज गर्दै विना प्रमाण विभिन्न आरोप लगाउँदै आएका छन् । ३ पटक प्रधानमन्त्री भैसकेका र पार्टी अध्यक्ष एवं संघीय संसदको प्रमुख विपक्षी दलका नेता समेत रहेका व्यक्तिले पूर्व राजालाई विभिन्न आरोप लगाउने गरेकोले ती आरोप प्रमाणित गरेर देखाउन सक्नुपर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports