नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लियो

936
shares

काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ ।

ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरुबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकाहरुल मध्ये हत्यामा क-कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ गर्ने काम भइरहेको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।‘नियन्त्रणमा रहेका मध्येहरुबाट स्क्रिनिङ गरेपछि बल्ल कसको संलग्नता रहेछ भन्ने थाहा हुन्छ । अनिमात्रै हामी साजर्वजनिक गर्छौ’, एसपी बोहोराले  भने ।

ग्याङफाइटमा परेर काठमाडौं ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको मृत्यु भएको थियो । गम्भीर घाइते रहेका उनलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए ।सोमबार साँझ साढे ७ बजेतिर एलआरआई स्कुल नजिक झडप भएको थियो । प्रहरीका अनुसार होलीको दिनको घटनालाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद भएपछि २१ वर्षीय रोहित खड्का, बिनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी, नक र मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ ।

झडपममा घाइते भएका नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका-१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको एसपी बोहोराले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports