२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभा बैठक बिहीबार मध्यान्ह १२ बजेर १५ बजेसम्मका लागि स्थगित

1.91K
shares

काठमाडौँ । राष्ट्रियसभा बैठक बिहीबार मध्यान्ह १२ बजेर १५ बजेसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै दोस्रो बैठक पनि अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले बैठक बिहीबार सवा १२ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

बुधबार बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए । दोस्रो बैठकमा पनि सरकारका तर्फबाट प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नसक्ने भन्दै प्रतिपक्षी दलहरूले अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports