सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ

598
shares

काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ घर भएकी ३७ वर्षीया सरिता लामा छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन् । पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी ती महिलालाई लामाले अपहरण गरेको आरोप छ । पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको छ ।

अपहरण गरेर बन्धक बनाउँदै ३ लाख फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले उनलाई उद्धार गरेको हो । पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports