सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको प्रदर्शन कुलमान हटाएको विरोधमा माइतीघरमा

468
shares

काठमाडौं । कुलमान घिसिङलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ ।

बिहीबार माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताहरूले कुलमान हटाउने सरकारको निर्णयविरूद्ध प्रदर्शन गरेका हुन् ।उनीहरूले ‘लोडसेडिङ चाँहिदैन, कुलमान हटाउँन पाइदैन’, ‘मन्त्रिपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्‍यवस्था बदलौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’, ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘ देशलाई अध्यारो बनाउने षडउन्त्र बिफल पारौं,’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।मंगलबार दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गरेको थियो। प्रदर्शन गर्न त्यहाँ पुगेका टोलीका युवाहरूमाथि प्रहरीले धरपक्कड गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports