२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘यो सभा सधैं हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो : प्रधानमन्त्री ओली

715
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन् ।

आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरे ।भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन् । त्यस्तै, राजावादी समूहले पनि काठमाडौंमै प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

उनले दैनिक १०–१५ हजार मान्छे उपस्थित भएको जुलुस निस्किरहेको भन्दै भोलि पनि त्यही हुने जिकिर गरे ।‘१० १५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यति हो ।’

यस्ता सभा सधैँ हुने गरेको भन्दै उनले वास्ता नगर्न पनि आग्रह गरे । ‘यो सभा सधैं हुने गरेकै छ, भोलि पनि हुने त्यति नै हो । यहाँ एउटा टेरर, त्रास छ । के-के न हुन्छ भनेर । त्यस्तो केही होइन । यस्ता कुराबाट वास्ता नगरेर हाम्रो विकासका काममा अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports