सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इमाडोलमा रहेको कर्मनाशा खोला किनार आफ्नो नाममा ल्याएर बेचबिखन

780
shares

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको कर्मनाशा खोला किनार आफ्नो नाममा ल्याएर बेचबिखन गरेको भेटिएको छ ।

कागजात किर्ते गरेर ५ आना जग्गालाई बढाएर १ रोपनी १५ आना बढी कायम गरेर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।कर्मनाशाले धार परिवर्तन गरेपछिको बगर उनीहरूले नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर आफ्नो नाममा ल्याएका हुन् । जग्गा सुरुमा ठेचो घर भएकी सुजिता खड्काको नाममा आएको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीलेबताए । खड्काले सो जग्गा पछि बेचबिखन गरेको भेटिएको छ ।

जग्गा किर्ते गरेको आरोपमा पक्राउ पर्नेमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन छन् । नेपालको एकमात्र उत्तर तर्फ बग्ने खोला कर्मनाशाको बगर व्यक्तिको नाममा लिनेहरू लाई १० दिनअघि पक्राउ गरेर ललितपुर प्रहरीले किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गा थियो । भुमाफियाहरुले नापी कार्यालयर र मालपोतमा ‘सेटिङ’ मिलाएर बढ क्षेत्रफल कायम गरेर ४ रोपनी ४ आना बनाए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सो मध्येबाट २०६८ वैशाखमा ५ आना कित्ताकाट गरेर सुजिताको नाममा गएको थियो । सो त्यो ५ आना जग्गाको लालपुर्जामा उल्लेखित जग्गाको क्षेत्रफलमा रोपनीतर्फ जिरो भएका ठाउँमा १ थपेर १ रोपनी ५ आना कायम गरेको पाइएको छ ।अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘सो जग्गालाई फेरी कित्ताकाट गरेर २ आना दुई पैसा सुजिताकै नाममा राखेर राधेश्यामको नाममा १ रोपनी १२ आना २ पैसा पास गरेको देखिन्छ ।’पहिलेको १ रोपनी ५ आनालाई कित्ताकाट गर्नेबेला फेरी बढाएर १० आना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports