सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्यवाहक प्रधानमन्त्री सिंहले विद्यालय शिक्षा विधेयकमा सरोकारवालासँग छलफल गर्ने

702
shares

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विद्यालय शिक्षा विधेयकमा सरोकारवालासँग छलफल गर्ने भएका छन् । त्यसका लागि आज दिउँसो ४ बजे विधेयकसँग सरोकार राख्नेहरूलाई बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका सिंहले छलफल गर्न लागेका हुन् । विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै शिक्षक तथा कर्मचारीहरू हिजोदेखि सडक आन्दोलनमा छन् ।उनीहरूले ऐन जारी नहुँदासम्म काठमाडौँका सडक नछाड्ने बताउँदै आएका छन् । त्यही बेला शिक्षा मन्त्रालयले समेत छलफलका लागि आउन आग्रह गरेको छ । भने कार्यवाहक प्रधानमन्त्री सिंहले समेत सरोकार राख्ने सरोकारवालाहरूसँग छलफल गर्न लागेका हुन् ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, संसद्को शिक्षा समिति सभापति लगायतको उपस्थिति रहनेछ । शिक्षकहरूले भने आफूलाई कुनै प्रकारको वार्ता नचाहिएको बताउँदै आएका छन् । विद्यालय शिक्षा ऐन चाहिएको भन्दै उनीहरूले कसैसँग पनि वार्ता नगर्ने बताएका हुन् ।नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूलाई वार्ताभन्दा ऐन चाहिएको बताए । वार्ताको कुनै औचित्य नभएको बताउँदै जति सक्दो चाडो ऐन दियो त्यति चाँडो आन्दोलन सकिने बताए । विगतमा सरकारले वार्ता गरेर नै सम्झौता गरेको बताउँदै ती सम्झौता कार्यान्वयन गर्नका लागि आफूहरूले ऐन मागेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports