linktrix Long Ad
Salt Trading Long Ad

प्रमुख प्रशासकीय सरोज गुरागाईंले नयाँ हाजिरी रजिस्ट्रार खडा गरेर हाजिर गरे

1.22K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा जिम्मेवारी सम्हाल्न पुगेका प्रमुख प्रशासकीय सरोज गुरागाईंले नयाँ हाजिरी रजिस्ट्रार खडा गरेर हाजिर गरेका छन् ।

जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय पुगेका गुरागाईं कार्यकक्षमा लागेको ताला फोडेर भित्र पसेका थिए । जनप्रतिनिधि र कर्मचारीको सहयोगमा महानगर प्रहरीको अवरोध छिचोल्दै गुरागाईँ कार्यकक्षमा पुगे पनि महानगरको हाजिरी रजिस्ट्रार मेयर बालेन शाहले राखेका थिए । उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारीहरूसहित गुरागाईँ महानगर पुग्दा बालेन शाह भने थिएनन् ।

‘पुरानो हाजिरी रजिस्ट्रार मेयर सापले राखेकाले नयाँ हाजिरी रजिस्ट्रार खडा गरेर प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्नुभएको छ’, महानगर स्रोतको भनाइ छ ।यसअघि मेयर बालेन शाहले पुरानो बसपार्कको काठमाडौँ टावर निर्माण अनुमति दिँदा अनियमितता गरेको भन्दै गुरागाईंलाई निलम्बन गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports