विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी संस्थाले गरे तत्काल चुनाव घोषणा गर्ने माग

871
shares

काठमाडौं । नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय निर्वाचनको प्रक्रिया सुरू गर्न माग गरेका छन् । तीनवटै संस्थाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै संविधानतः निर्वाचित स्थानीय तहहरूको कार्यकाल समाप्त हुँदै गरेको र संविधानले जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको भन्दै निर्वाचन प्रक्रिया सुरू गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

‘निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकाले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरू गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको स्मरण गराउँदै समयमा नै आवधिक निर्वाचन होस् र एकदिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उल्लेख गरिएको छ ।विज्ञप्तिमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालले हस्ताक्षर गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports