तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली सत्ताधारी गठवन्धनको राजनितिक समन्वय समितिको बैठक

715
shares

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ। बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच कुराकानी भएपछि स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।

समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य रहेका छन्। प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच बिहान कुराकानी भयो। स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने कुरा भएको छ,’ प्रचण्डका स्वकीय सचिवले भने।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन। तत्कालै मिति तय गरेर निर्वाचनको प्रक्रिया सुरू गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले माग गरिरहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports