kumari
stcnepal

कांग्रेस नेता प्रकाशमान सिंह काठमाडौ क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्वको पुस्तान्तरण हुनुपर्ने अडान लिएर अन्तिममा ढोका दिएका कांग्रेस नेता प्रकाशमान सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने भएका छन् । कांग्रेस महाधिवेशनपछि माहोल बिग्रिएको भन्दै उनले यस्तो निर्णय लिएको बताइएको छ ।

प्रकाशमान सिंह निकट स्रोतले दिएको जानकारी अनुसार आफ्नै क्षेत्रमा प्रतिकुल माहोल बनेको भन्दै उनले क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने निर्णयमा पुगेका हुन् ।कांग्रेसवृत्तमा नेता सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र नै परिवर्तन गर्ने चर्चा चलिरहेका बेला उनी यस्तो निर्णयमा पुगेको बताइएको छ ।स्रोतका अनुसार महाधिवेशनपछि नेता सिंहले आफूनिकट नेताहरूलाई राखेर यसबारे समिक्षा गरेका थिए ।

उक्त समीक्षामा काठमाडौंको नेवार समुदाय बाहुल्य रहेका कारण सिंहले आफ्नो क्षेत्र नछाड्न सुझाव दिएका थिए । तर महाधिवेशनमा आफ्नो मुद्दा छाडेर देउवालाई साथ दिएका कारण माहोल प्रतिकुल बनेको बताएका थिए ।उक्त समीक्षामा नेताहरूले देउवालाई साथ दिएपछि सामाजिक संजालमा पनि काठमाडौँ क्षेत्र नम्बर १ बाटै सबैभन्दा बढी आक्रोश ब्यक्त भएको बताएका थिए ।

महाधिवेशनपछि प्रकाशमान सिंहविरुद्ध सामाजिक सञ्जालमा मतदाताहरू खनिएका थिए । सञ्जालमा एकपछि अर्को आक्रमणमा परेपछि नेता सिंहले कमेन्ट सेक्सन नै अफ गरेका थिए ।

समीक्षामा उपस्थित धेरैजसोले प्रकाशमानले गल्ती गरेको र मुद्दा छाडेका कारण आफूहरूको राजनीति पनि धरापमा परेको बताएका थिए ।उक्त छलफलमा क्षेत्र नम्बर १ छाडेको खण्डमा चुनाव लड्न सहज हुने क्षेत्रबारे पनि चर्चा भएको बताइएको छ ।

क्षेत्र नम्बर १ मा असहजता बढेको अवस्थामा सिंहका लागि उपयुक्त क्षेत्र छानेर क्षेत्र फेर्नुपर्ने अवस्थामा काठमाडौं ८ लागि सहज हुने चर्चा भएको बताइएको छ ।विगतमा सो क्षेत्रमा कांग्रेसबाट स्व.नवीन्द्रराज जोशी उम्मेदवार बनेका थिए । नेता सिंहले पनि यो क्षेत्र अहिक सहज हुने बताएका थिए ।

केहि सहभागीले भने १४ औं महाधिवेशनमा सिंह पत्नी सिर्जना र छोरा प्रभासमानले महाधिवेशन प्रतिनिधि जितेको क्षेत्र नम्बर ७ मा सहज हुने बताएका थिए ।महाधिवेशनमा संस्थापन इतरबाट पुस्तान्तरणको मुद्दा लिएर सभापति लडेका उनले पहिलो चरणको चुनाव सकिएपछि नाटकीय रूपमा देउवालाई समर्थन गरेका थिए ।संस्थापन समूहमा सहमति बनाउन लगातार गरिएको छलफलमा पनि आफै बाधक बनेका नेता सिंहले झिनो मत ल्याएका थिए ।

आफ्नो समूह छाडेर एकाएक देउवाको पक्षमा उभिएपछि उनी निकै आलोचित बनेका थिए । त्यसको फलस्वरूप नेता सिंह आफ्नो क्षेत्रबाट समेत चुनाव लड्न नसक्ने अवस्थामा पुगेका हुन् ।त्यसयता भएका सार्वजनिक कार्यक्रमहरूमा मतदाताको चाहना र पार्टीमा एकलौटी नगर्ने देउवाको वचन अनुसार आफूले देउवालाई समथन गरेको बताउने गरेजा छन् ।

तर सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचन अगाडी आफ्ना मतदातालाई भेला पारेर देउवासँग राम्रै लेनदेनको सहमति भएको स्रोतले दाबी गरेको थियो ।उनले आफ्ना निकटका कार्यकर्ताहरूले अवसर पाउनेदेखि आगामी निर्वाचनपछि आफूलाई प्रधानमन्त्रीको रूपमा देउवाले अगाडी सार्ने सम्झौता भएको बताएका थिए ।

footer