नेपाल बारको नयाँ नेतृत्वमा मिश्र प्यानल नै विजयी
वि.सं.२०८१ चैत २८ बिहीवार १४:०८
shares
a[xt lgMz'Ns :jf:Yo lzlj/ uf]/vf, # r}t M uf]/vfsf] ;lxb nvg ufpFkflnsf^ l:yt 3}?ª :jf:Yo rf}sLdf g]kfnL ;]gf l/k'db{g u0f / ;lxb nvg ufpFkflnsfsf] ;+o'Qm cfof]hgfdf z'qmaf/ / zlgjf/ ;~rfng ul/Psf] a[xt lgMz'Ns lzlj/df pkrf/ ;]jf lnb}F lj/fdLx? . tl:Jf/ M bLks >]i7÷/f;;
काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।
आज सम्पन्न मतगणनाबाट मिश्र नेतृत्वको प्यानलै विजयी भएको हो । डा. मिश्रले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतान्तरले पराजित गरे ।मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्। निर्वाचनबाट महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्।
मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।



































