संवैधानिक निकायमा ५२ जनाको नियुत्ती बिवादको मुद्दा अब बैशाख २८ गते देखि सुनुवाई हुने
वि.सं.२०८२ वैशाख १० बुधवार १८:२९
shares

सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद हेर्दाहेर्दैमा राखी वैशाख २८ गते अर्को पेसी तोकेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लामो समयका लागि भोलिबाट विदेश भ्रमणमा जाने भएकाले १८ दिनपछि मात्र पेसी तोकिएको हो।माघ ३० गतदेखि सुनुवाइ सुरू गरिएको यस विवादमा गत आइतबारदेखि निरन्तर (दिनदिनै) सुनुवाइ भएको थियो।आज (बुधबार) आठौँ दिनको सुनुवाइमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अरू केही संवैधानिक पदाधिकारीतर्फका कानुन व्यवसायीले बहस गरेका थिए।
विपक्षीतर्फका अरू पनि कानुन व्यवसायीले बहस गर्न बाँकी छ।चार वर्षअघि केपी शर्मा ओली नै प्रधानमन्त्री छँदा दुईपटक गरी ५२ जनालाई अख्तियारसहित विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो। ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए। अरू १४ वटा निवेदन यही विषयमा परेका थिए। ती सबै निवेदन एकसाथ राखी सुनुवाइ चलिरहेको छ।




































