आईपीएल : हैरदावद विरुद्ध मुम्बई ७ विकेटको जित
वि.सं.२०८२ वैशाख ११ बिहीवार ०७:२९
shares

सनराइजर्स हैदरावाद पुनः पराजित भएको छ।
इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा हैदारावादमाथि मुम्बई इण्डियन्सले ७ विकेटको जित निकालेको हो।मुम्बईले १४४ रनको लक्ष्य १५.४ ओभरमा पूरा गर्यो। त्यस क्रममा सूर्यकुमार यादव ४० रन बनाएर नट आउट रहे। उनले १९ बलमा ५ चौका र २ छक्का हाने।त्यसअघि रोहित शर्माले ४६ बला ८ चौका र ३ छक्का प्रहार गरी ७० रन जोडेका थिए। विल ज्याक्सले २२ र रियान रिकेल्टनले ११ रनको योगदान गरे।
हैदरावादका जयदेख उनाडकट, इशान मालिंगा र जिशन अन्सारीले एक/एक विकेट लिए।पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेट गुमाएर मात्रै १४३ रन बनाएको थियो।हैदरावादका लागि हेनरिक क्लासेनले ४४ बलमा ९ चौका र २ छक्का प्रहार गरी ७१ रन बनाए।
अभिनव मनोहरले ३७ बलमा २ चौका र तीन छक्का प्रहार गरी ४३ रन जोडे। अन्य ब्याटर चल्न सकेनन्।ट्राविस हेड शून्यमै आउट हुँदा इशान किसन र पाट कमिन्स एक रन बनाएर आउट भए। नितिशकुमार रेड्डी २ रन बनाएर, अभिषेक शर्मा ८ रन बनाएर, अनिकेत वर्मा १२ रन बनाएर आउट हुन पुगे।
मुम्बईका ट्रेन्ट बोल्टले चार विकेट लिए। दीपक चाहरले २ तथा जसप्रित बुमराह र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए।हैदरावाद नवौं स्थानमा छ। ९ खेल खेल्दा दुई खेलमात्रै उसले जितेको छ।मुम्बई १० अंकसहित तेस्रो स्थानमा छ।





































