सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवीन्द्र मिश्र र दुर्गा प्रसाई माथिको अनुसन्धान चाँडो सक्न अदालतको आदेश

637
shares

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले चैत १५ गतेको राजसंस्था पुनःस्थापनाका लागि भएको आन्दोलनपछि पक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीले उनीहरुलाई थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागे पनि जिल्ला अदालतले तीन दिन मात्रै म्याद दिएको हो। जिल्ला न्यायाधीश धुर्वराज कार्कीको इजलासले प्रसाई र मिश्रमाथि अनुसन्धानका क्रममा भइरहेको ढिलाईप्रति प्रश्न उठाउँदै अनुसन्धान चाँडो सक्न दबाबमूलक आदेश दिएको हो।राज्य विरुद्धको अपराध र संगठित अपराध को अभियोग लागेका मिश्र र प्रसायलाई सरकारले कसरी बढीभन्दा बढी समय अनुसन्धानको नाउँमा थुनामै राख्न सकिन्छ भन्नेबारे बाटो खोजिरहेका बेला अदालतले अनुसन्धान चाँडो सक्न दबाबमूलक आदेश दिएको हो।

न्यायाधीश कार्कीको इजलासले तीन दिनपछि म्याद थपका लागि उनीहरुलाई उपस्थित गराउँदा के के प्रमाण संकलन गर्न बाँकी छ त्यसको प्रमाणसमेत पेश गर्न प्रहरीलाई आदेश दिएको छ।त्यस्तै उनीहरूको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै अनुसन्धानलाई छिटो सकेर हाजिर जमानीमा छाड्ने तर्फ समेत विचार गर्न भनेको हो।

‘प्रतिवादी रविन्द्र मिश्रको उक्त कसुरमा संलग्न पुष्टि गर्ने के कुन कागज प्रमाण संकलन गर्न बाँकी रहेकोले थप म्याद माग गर्नु परेको हो भन्ने कुरा म्याद थपको पत्रमा निश्चयात्मक रुपमा उल्लेख गर्न सकेको देखिदैन, आदेशमा अगाडि भनिएको छ, ‘यस स्थिति अवस्थामा अब म्याद थपको लागी माग गर्दा बयान लिन वाँकी प्रतिवादीको बयान लिने कार्य सम्पन्न गर्ने र बयान लिन वाँकी रहेका प्रतिवादीको वयान कार्य सम्पन्नपश्चात् प्रतिवादीहरुको प्रहरी प्रतिवेदन अनुसारको कसुरमा संलग्नता देखिने के कुन प्रमाण संकलन गर्न बाँकी रहेको हो सोको स्पष्ट विवरण सहित थप म्याद थपको माग गर्ने गरी हाललाई ३ (तीन) दिनको म्याद थप प्रदान गरिएको छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports