विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि प्रति तोला २ हजारले घट्यो सुनको मूल्य

676
shares

आज पनि सुनको मूल्य घटेको छ। गएको शुक्रबारदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज प्रतितोला दुई हजार रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको एकलाख ८४ हजार आठसय रुपैयाँ छ। हिजो सुनको मूल्य एकलाख ८६ हजार आठसय रुपैयाँ थियो।हिजाे सुनको मूल्य प्रतितोला तीन हजार सातसय रुपैयाँले घटेको थियो भने आइतबार तीनसय रुपैयाँ घटेको थियो। त्यसअघि गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको थियाे।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports