शोभाकान्त पौडेल सचिवमा बढुवा
वि.सं.२०८२ जेठ १ बिहीवार ०७:५७
shares

काठमाडौं । सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् ।
मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । पर्यटनमन्त्रालयका सचिव विनोदप्रसाद सिंहको अघिल्लो साताबाट अवकाशपछि सचिव पद रिक्त थियो ।
पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्ष लगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।



































