काठमाडौंको संतुगलमा आगलागी, आगो निभाउन प्रयास जारी
वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०२
shares
fire isolated over black background
काठमाडौंको सतुंगलमा आगलागी भएको छ।
बिहीबार बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक कम्प्लेक्समा आगलागी भएको काठमाडौंको प्रहरी परिसरले जनाएको छ।परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उक्त कम्प्लेक्समा रहेको कपडा पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो।
अहिले आगो निभाउने काम भइरहेको एसपी बोहराले जानकारी दिए।आगो निभाउन नेपाल प्रहरीका ३० जनार र सशस्त्र प्रहरीबाट ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन भएका छन्। आगो निभाउन चन्द्रागिरी नगरपालिकाको, नेपाली सेना विपद गणबाट १ वटा, नेपाल आयल निगम थानकोटबाट एउटा, जुद्द बारूणयन्त्रबाट २ वटा र ललितपुर महानगरपालिकाबाट एउटा गरी ६ वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ।



































