सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाटै हटायो

689
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ ।

प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पीपीए) कायम रहने अवधि न्यून रहेको एक कम्पनीलाई पाइपलाइनबाट हटाइएको हो । ‘प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आईपीओ स्वीकृति दिन नसकिने भएपछि अहिले पाइपलाइनबाट हटाएर ९० भन्दा बढी भएको पुष्टि हुनेगरी पुनः प्रक्रिया सुरु गर्न भनिएको छ’ बोर्ड प्रवक्ता निरञ्जय घिमिरेले  भने ।

यसअघि सार्वजनिक लेखा समितिले नै प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आईपीओको स्वीकृति नदिन भनेको छ । तसर्थ ती कम्पनीले अब प्रतिसेयर नेटवर्थ ९० भन्दा माथि कायम गरेर सोको पुष्टि हुने कागजात सहित बोर्डमा पुनः आवेदन दिनुपर्नेछ । बोर्डमा पुनः आवेदन दिएपछि मात्रै पाइपलाइनमा थप हुनेछन् । पाइपलाइनबाट हटाइएका १४ कम्पनीलाई अहिलेकै प्रक्रियाबाट आईपीओको स्वीकृत दिन नसक्ने भएपछि पुनः निवेदन दिन सक्नेगरी हटाइएको घिमिरेले बताए । यसरी हटाइएका कम्पनी अधिकांश हाइड्रोपावर छन् ।

हटाइएका कम्पनीमा एपेक्स हस्पिटल, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबुलकार, ठमेल प्लाजा होटल, रिचेट जलविद्युत् कम्पनी, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर, पुवाखोला वन हाइड्रोपावर, युनिक हाइडेल, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट, कान्तिपुर टीभी, प्रभु हेलिकप्टर लगायत छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports