२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

द्धन्द्धपिडितले हत्यारा भनेपछि बाबुराम भट्टराई डरले लुसुक्क भागे

1K
shares

काठमाडौँ– द्वन्द्वपीडित समेत सहभागी एक कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई द्वन्द्वपीडितहरूले ‘हत्यारा’ भनेपछि उनी कार्यक्रमस्थलबाट लुसुक्क भागेका छन्।

नेपाल मानवअधिकार संगठनले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडित, तत्कालीन माओ‌वादी पक्षसँगै सरोकारवालाहरूलाई बोलाइएको थियो।कार्यक्रमको सुरुमै बोल्ने पालो पाएका डा. भट्टराईले सशस्त्र द्वन्द्वताका भएका घटनामा ‘फर्गिभ एन्ड फर्गेट’को सिद्धान्त अपनाउनुपर्ने बताएका थिए।उनले माओवादी सशन्त्र युद्धको क्रममा मारिएकामध्ये ८० प्रतिशतलाई नेपाली सेनाले मारेको आरोप लगाएका छन्।

उनले द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट २० प्रतिशत मात्रै मारिएको दाबी गरेका हुन्।छलफलमा सहभागीहरूले भट्टराईको उक्त अभिव्यक्तिको चर्को विरोध गर्दै उनलाई ‘हत्यारा’ भनेपछि तत्कालीन विद्रोही माओवादीका नेता भट्टराई लुसुक्क कार्यक्रमस्थलबाट बाहिरिएका थिए। कार्यक्रम लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports