राजावादी समूहको जेठ १५ देखिको आन्दोलनलाई लक्षित गरेर शनिबार देखि धार्मिक तथा जनजागरण अभियान सञ्चालन
वि.सं.२०८२ जेठ १० शनिवार २१:११
shares

काठमाडौँ । राजावादी समूहले जेठ १५ देखिको आन्दोलनलाई लक्षित गरेर शनिबार देखि धार्मिक तथा जनजागरण अभियान सञ्चालन गरेको छ ।
जमल क्षेत्रमा राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीसहित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थितिमा सो अभियानको शुभारम्भ गरिएको हो । काठमाडौं उपत्यकालाई लक्षित गरी शुरू गरिएको धार्मिक तथा जनजागरण अभियान आइतबारसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै नगरपालिकाहरूमा सञ्चालन हुनेछ ।
त्यस अवसरमा स्थानीय जनतासँग सम्पर्क र सम्वादका साथै आन्दोलनमा सहभागिताका लागि निम्तापत्र हस्तान्तरण गरिने बताइएको छ ।सोहीअनुसार आज जमल क्षेत्रमा पनि निम्तापत्र वितरण गरिएको आयोजकको भनाइ छ ।




































