नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाबाट पारित भयो आगामी आर्थिक वर्षको बजेट

637
shares

संघीय प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पारित गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेस गरेको विनियोजन विधेयक २०८२ लाई प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको हो।यसअघि प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरुको अवरोधका कारण बजेट छलफलमा केही ढिलाइ हुँदै आएको थियो। त्यस्तै विद्युत् खरिदमा टेक एन्ड पे राखिएको भन्दै ऊर्जा व्यवसायीहरुले सच्याउन माग गर्दै आएका थिए।

अर्थमन्त्री विष्णु पौडेलले मंगलबार टेक एन्ड पेको प्रावधान फिर्ता लिएको बैठकमा जानकारी गराएका थिए। त्यसअघि नै सत्ता साझेदार दल नेपाली कांग्रेसले उक्त प्रावधान नसच्चिए बजेट पारित नहुने चेतावनी दिएको थियो। टेक एन्ड पेको प्रावधान सच्चिएसँगै बजेट पनि पारित भएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports