२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशभरका छ महानगरपालिका मध्येका ५ महानगरले बजेट घोषणा गर्दा काठमाडौंका बालनले ल्याउन सकेनन बजेट

2K
shares

काठमाडौं । स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आज मंगलबारसम्म अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे ।

देशभरका पाँच वटा महानगरपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् । तर, जनसंख्याका आधारमा देशकै ठूलो काठमाडौं महानगरपालिकाले भने कानूनी व्यवस्था अनुसार बजेट सार्वजनिक गर्न सकेन ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार यो महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएन । महानगरपालिकाका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको असमझदारीले महानगरले बजेट ल्याउन नसकेको हो ।

काठमाडौं महानगरपालिकामा बजेट निर्धारण समितिको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ र मेयर शाहबीच विवाद हुँदा बजेट आउने नसकेको हो । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बस्न सकेको छैन ।यसबाहेक अन्य पाँच महानगरपालिकाले भने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरिसकेका छन् । जसमध्ये पोखरा महानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याउँदा वीरगञ्जले भने सानो आकारको बजेट ल्याएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports