सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष उपेन्द्र यादवको एकलौटी अधिकार कटौती गर्नुपर्ने माग

585
shares

 

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको एकलौटी अधिकार कटौती गर्नुपर्ने माग पार्टीमा उठेको छ।जसपाको कार्यकारिणी बैठकले यादवसहित संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अशोक राईलाई निर्णय गर्ने अधिकार दिएको थियो। तर यादव एक्लैले निर्णय गर्न थालेपछि उनको अधिकार कटौती गर्नुपर्ने आवाज उठेको हो।

सरकारमा जाने मन्त्रीको नाम यादव एक्लैले पठाएको र राष्ट्रिय सभाका लागि उमेदवारको तय पनि उनी एक्लैले गरेको भन्दै जसपा भित्र विरोध सुरू भएको छ। यादवले आफुखुसी निर्णय गर्न थालेपछि तीन अध्यक्षको व्यवस्था गरेर जानुपर्ने आवाज पार्टीभित्र उठेको जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीले बताएका छन्।

‘पार्टीमा समावेशीको आधारमा नेतृत्व चयन हुनुपर्छ। मधेसी, आदीवासी, जनजाती र खस, आर्यको प्रतिनिधित्व हुनुपर्छ भन्ने धारणा आएको छ। त्यसको लागि विधान अनुसारको ३ अध्यक्षको व्यवस्था लागू गर्नुपर्छ,’ उनले भने, ‘माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचपछि कार्यकारिणी बैठक बसेर यसको टुंगो लगाउनुपर्छ।

उपेन्द्रजीले यसमा आलटाल गर्न खोज्नुभयो भने पार्टीमा समस्या आउन सक्ने एक सदस्यले बताएका छन् । कार्यकारिणी सदस्य मोहम्मद इस्तिहाक राईले पार्टीलाई सामुहिक नेतृत्वमा लैजान जरूरी रहेको बताएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports