२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जन्मसिद्ध नागरिकका सम्बन्धी आदेशमा राष्ट्रपति ट्रम्पको जित, अब अमेरिका जन्मेका मानिसले पनि नागरिकता नपाउने

1.5K
shares

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा एक महत्वपूर्ण फैसला सुनाएको छ। सर्वोच्चले ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशमाथि तल्लो अदालतका न्यायाधीशहरूले देशभर प्रभाव पर्ने गरी रोक लगाउन नसक्ने र उनीहरूले आफ्नै आदेशमा पुनर्विचार गर्नुपर्ने फैसला सुनाएको हो ।

अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै रोक लगाएका थिए । उक्त निर्णयलाई तल्लो अदालतका न्यायाधीशहरूले रोक लगाएका थिए ।अब सर्वोच्च अदालतको यो फैसलापछि उक्त विषयमा तल्ला अदालतका न्यायाधीशहरूको अधिकार सीमित भएको छ जसले गर्दा उनीहरूले ट्रम्पलाई रोक्न कठिन हुनेछ ।

यसअघि अमेरिकाका तल्लो अदालतहरूले तीनवटा फरक–फरक मुद्दामा ट्रम्पको जन्मसिद्ध नागरिकताको अधिकार समाप्त गर्ने आदेश लागु हुनु अघि नै अस्थायी रूपमा रोकेका थिए।ट्रम्पले शपथ लिएको दिन अर्थात् २० जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै जन्मसिद्ध नागरिकतामा रोक लगाएका थिए।त्यसको केही दिनमै अमेरिकी संघीय अदालतले ट्रम्पको आदेशमा १४ दिनको लागि रोक लगाएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports