सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्ने

572
shares

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक सोमबार पनि बस्दैछ। आज दिउँसो २ बजे बिपी स्मृति भवन सानेपामा केन्द्रीय कार्य समितिको बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक यही असार १६ गतेदेखि सुरू भएको थियो। आइतबारको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए।त्यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा मिनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुंगाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शङ्कर भण्डारी, धु्रव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु बाँस्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रुपमा बैठकमा सहभागी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आ–आफ्ना धारणा राखेका थिए।

विभिन्न प्रस्तावहरूमा केन्द्रित रहेर धारणा राख्ने क्रम जारी छ। कार्यसमितिको बैठक असार २३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।बैठकमा पार्टीको १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, कृयाशील सदस्यता नविकरण प्रगति विवरण, केही भातृ संस्थाबारे निर्देशक समितिको राय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार, शुभेच्छुक संस्थाको बारेमा, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धी, संसद् र सरकारमा पार्टीको भुमिका प्रभावकारीतालगायत समसामयिक विषयमा छलफल जारी छ।

बैठकमा हालसम्म सहमहामन्त्रीसहित कोषाध्यक्ष, केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन्। आज बस्ने बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापितद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले आफ्ना धारणा राखेपछि सभापति शेरबहादुर देउवाले निष्कर्षसहित सम्बोधन गर्नेछन्। त्यसपछि आवश्यक निर्णयसहित बैठक सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ।कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ। त्यस्तै सभापतिका निकटतम् प्रतिस्पर्धी एक जना गरी जम्मा १६८ केन्द्रीय कार्यसमिति रहने प्रावधान छ। यस बाहेक केन्द्रीय समिति बैठकमा आमन्त्रित तीन केन्द्रीय सदस्य, आमन्त्रित रूपमा सात प्रदेशका पार्टीका सभापति, केन्द्रीय सदस्य नभएका आमन्त्रित गरिएका चार मन्त्रीहरू रामनाथ अधिकारी, ऐनबहादुर शाही ठकुरी, तेजुलाल चौधरी र राज्यमन्त्री खमबहादुर गर्बुजाको उपस्थिती छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports