प्रधानमन्त्री ओलीको देशभर उच्च सतर्कता अपनाउन आग्रह
वि.सं.२०८२ असार २४ मंगलवार ०९:०३
shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूली लगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेकाले सबैलाई सुरक्षित रहन उनले अपिल गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्रिशूली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ।’उनले विपद्को समयमा आवश्यक सहयोगका लागि विपत्
प्रधानमन्त्री ओलीले व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्दै अरूको सुरक्षामा पनि ध्यान दिन आग्रह गरेका छन् । उनले भने, ‘आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ।’




































