प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैक लगातार दोस्रो पटक ग्लोबल फाइनान्स उत्कृष्ट बैक अवार्डबाट सम्मानित

702
shares

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ प्राप्त गरेको छ। यो सम्मानसँगै बैंक लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्सबाट उत्कृष्ट बैंकको रूपमा सम्मानित भएको छ। यसअघि सन् २०२४ मा पनि बैंकले यो अवार्ड जितेको थियो।

ग्लोबल फाइनान्सले विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, ग्राहकमैत्री सेवा विकास र क्रेडिट रेटिङजस्ता मापदण्डका आधारमा ग्लोबल आइएमई बैंकलाई सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक घोषित गरेको हो।बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यो सम्मानले थप उत्कृष्ट सेवा प्रदान गर्न प्रेरणा मिलेको बताए। उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरे।

ग्लोबल फाइनान्सले सन् २०२५ मा ग्लोबल आइएमई बैंकसहित हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेशियाको यूओबी, बङ्गलादेशको सिटी बैंक, जापानको एसएमबीसीलगायत विश्वभरका विभिन्न बैंकलाई सम्मान गरेको छ। ग्लोबल आइएमई बैंक यो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो।ग्राहकको आवश्यकता अनुसार नवीन र समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले यो सम्मानले आगामी दिनमा थप रचनात्मक सेवा प्रदान गर्न प्रोत्साहन प्राप्त गरेको छ। बैंकले यसअघि पनि बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२२ र २०२४, बेष्ट बैंक ईएसजी २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।

नेपालको ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको पहिलो निजी वाणिज्य बैंकको रूपमा ग्लोबल आइएमईले ३५२ शाखा, ३८५ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रबाट उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports