१४ जना उपसचिवको पदस्थापन
वि.सं.२०८२ असार २६ बिहीवार २०:२९
shares

काठमाडौँ । लोक सेवा आयोगबाट सिफारिस भई आएका १४ जना उपसचिवहरुलाई जिम्मेवारी दिई पदस्थापन गरिएको छ ।
बिहीबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुलाई कामकाजमा खटाइएको हो ।
लक्ष्मण लम्साललाई फलेबास नगरपालिका पर्वतको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ । त्यस्तै महेन्द्र कुमार शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेकवेंशी नगरपालिका सुर्खेतको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको छ ।




































