२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२०७२ साल भन्दा अघि बिवाह भएका छोरीले पैतृक सम्पत्ति अंशवण्डाका रूपमा नपाउने

1.42K
shares

विवाहित छोरीहरूले पनि पैतृक सम्पत्तिमा समान हक पाउने भन्ने संवैधानिक एवं कानूनी व्यवस्था कुन मितिदेखि लागू हुने भन्ने विषयमा सर्वोच्च अदालतले फैसला गरेको छ । तर, मंगलबार आएको उक्त फैसलामा न्यायाधीशहरूको राय बाझिएको छ ।

सर्वोच्चको बृहत् पूर्ण इजलासमा तीन न्यायाधीशले एउटा राय दिँदा बाँकी दुई न्यायाधीशले फरक राय दिएका छन् । न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको राय अल्पमतमा परेको छ ।न्यायाधीशहरू मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको रायमा बहुमत पुगेका उक्त फैसला नै कार्यान्वयन हुनेछ । फैसला अनुसार २०७२ साल असोज १४ गते अगाडि विवाह गर्ने छोरीको पैतृक सम्पत्तिमा हक लाग्ने छैन ।

ललितपुरका राममणी मुडभरी र सुमित्रा मुडभरीले छोरी पुनम मुडभरीविरुद्ध तल्ला अदालतको फैसला बदर गर्न दिएको मुद्दामा मंगलबार सर्वोच्चले फैसला सुनाएको हो ।यसमा तीन जना न्यायाधीशले संविधान जारी भएलगत्तै मुलुकी ऐन संशोधन भएको मितिपछि विवाह गर्ने महिलालाई मात्रै त्यो हक आकर्षित हुने व्याख्या गरेका छन् भने मुलुकी ऐनको ११ औं संशोधनपछि नै महिलाले अंशमा समान हक पाउने व्यवस्था भएको र त्यतिबेलादेखि नै व्यवस्था लागू हुने भन्ने दुई न्यायाधीशको राय भने अल्पमतमा परेको छ । २०५९ असोज १० मा मुलुकी ऐनको ११ औं संशोधन भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports