linktrix Long Ad
Salt Trading Long Ad

कर्मचारी सञ्चयकोषले तोक्यो निर्वृत भरण कोषमा नयाँ ब्याजदर

936
shares

कर्मचारी सञ्चय कोषले बिहीबार (साउन १ गते)देखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरेको छ।

कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा वार्षिक पाँच प्रतिशत ब्याजदर दिने भएको छ। कोषको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।यसैगरी, कोषले विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० प्रतिशत ब्याजदर लिने भएको छ।विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताहरूलाई ०.२५ प्रतिशतले छूट दिने भएको छ।

कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि एक करोड रूपैयाँसम्म र घर मर्मत गर्नका लागि ३० लाख रूपैयाँसम्म सापटी प्रदान गर्ने गरेको छ।यस्तै, कोषले सञ्चयकर्ता स्वयम् वा पति/पत्नी वा छोरा/छोरीलाई उच्च शिक्षा अध्ययन गर्नेरगराउने प्रयोजनका लागि शैक्षिक सापटी रू। ४० लाखसम्म र सञ्चयकर्ताको सेवाअवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी ६० लाख रूपैयाँसम्म प्रदान गर्दै आएको छ।कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटी दिने गरेको छ ।

कोषबाट चालू आर्थिक वर्षमा एक लाख ५८ हजार तीन सय ४४ सञ्चयकर्ताले विशेष सापटी, एक लाख १४ हजार चार सय ५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार नौ सय २६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार दुई सय ९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र एक हजार सात ९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका छन्।काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरू मार्फत सञ्चयकर्ताहरूले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी पाउँदै आएका छन्।

हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र संगठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिब पाँच लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार तीन सय ९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आवद्ध छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports