२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

806
shares

काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा बस्ने बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

सोमबार हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नुपर्नेमा जोड दिएका थिए भने हिजोको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए । त्यसमाथि छलफल जारी रहेको छ ।हिजोका बैठकमा ४९ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलबार धारणा राखिसकेपछि बैठक समापन गरिनेछ । हरेक सदस्यलाई बोल्न ३–३ महिनाको समय दिइएको छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।

मुख्यतयाः विधान अधिवेशनको पूर्व तयारी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने विषयमा केन्द्रीय कमिटी बैठक मुख्य रूपमा केन्द्रित हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० वर्षे उमेर हद र एक व्यक्ति २ कार्याकालभन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने विधानको व्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोले समेत अनुमोदन गरिसकेको छ ।भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports