घुस लिएको आरोप लागेको नाउँको अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियारले लियो बयान
वि.सं.२०८२ साउन ७ बुधवार १८:२६
shares

नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग अख्तियारले बयान लिइरहेको छ। बुधबार कार्यालय खुल्नासाथ हाजिर भएकी श्रेष्ठसँग घुस लिएको आरोपमा अख्तियारले बयान लिइरहेको हो।
पूर्व भूमिसुधार मन्त्री श्रेष्ठले घुस मागेको प्रमाण फेला परेपछि अख्तियारले उनलाई हाजिर हुन पत्र पठाएको थियो।मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न र अर्को जग्गा प्रकरणमा बिचौलियासँग घुस लिएको आरोप लागेको हो। यही आरोपमा निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।भूमिसुधार मन्त्री बलराम अधिकारी पनि यो प्रकरणमा जोडिएका छन्। एमालेबाटै मन्त्री भएका गुप्ताले अडिओ बहिरिएसँगै राजीनामा दिए पनि अधिकारीले भने राजीनामा दिएका छैनन्।
संसदमा उनको राजीनामा माग भइरहेको छ। तर एमाले भने उनको बचाउमा लागेको छ। रञ्जिता विरुद्धका प्रमाण पनि निवर्तमान मन्त्री गुप्ताको घुस अडियो रेकर्ड गरेका व्यक्तिबाटै खुलेको हो।उनीहरूका म्यासेज लेनदेन र मन्त्री गुप्तालाई मिलाउने जिम्मा पनि रञ्जिताले लिएको भन्ने प्रमाण खुल्ने सामाग्री फेला परेको अख्तियार स्रोतको दाबी छ।




































