२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाउने राष्ट्रपतिको निर्णय सकारात्मक : कांग्रेस

819
shares

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’लाई संसदमै फिर्ता पठाउने कार्य सकारात्मक भएको बताएको छ ।

शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा फिर्ता पठाएको विधेयकबारे कुरा उठेको थियो ।विषय उठेपछि जवाफ दिँदै सभापति देउवाले राष्ट्रपति पौडेलले संविधानअनुसार जे गर्नुभयो, ठिक गर्नुभयो भनेका थिए । ‘संविधानको धारा ११३ को संवैधानिक अधिकारअनुसार राष्ट्रपतिजीले नै जे गर्नुभयो, यसलाई ठिक गरेको भनेर लिनुपर्छ । कांग्रेसले राष्ट्रपतिले विधेयक फिर्ता पठाएको विषयलाई सकारात्मक मानेको छ,’ देउवाले बैठकमा भनेका थिए, ‘बाँकी कुरा अब प्रक्रियाबाट अगाडि बढ्ला ।’

राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार संसद्‌मै फिर्ता गरेका थिए । पौडेलले विधेयकमा गर्न खोजिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामै फिर्ता गरिएको उल्लेख गरेका थिए । त्यो विषयलाई लिएर एमालेले आपत्ति जनाएको छ । कांग्रेसका नेताहरूले भने यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । संशोधन विधेयक प्रमाणीकरणका लागि दुई सदनबाटै पारित गरेर असार ३२ गते राष्ट्रपति कार्यालयमा पठाइएको थियो । पौडेलले एक साता अध्ययन गरेर फिर्ता पठाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports