२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिने : प्रधानमन्त्री ओली

1.4K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिने बताएका छन् । शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाइको समस्या कम गर्न पहिलो चरणमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै अव दीर्घकालीन र तत्कालीन उपाय अवलम्बन गरेर पानीको आवश्यकता पूरा गरिने जानकारी दिए ।उनले हवाई उडान मार्फत महोत्तरी आउँदा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्था सहित खानेपानीको समस्या छिटो समाधान गर्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित मधेसका जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने धारणा राखे । त्यसअघि प्रधानमन्त्री ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका थिए । मन्त्रिपरिषद्को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports