सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

४ जना विरुद्द ३७ करोडको बाईनान्स मार्फत क्रिप्टोकरेन्सी कारोबार गर्ने मुद्दा दायर

585
shares

राजश्व अनुसन्धान विभागले बाईनान्स मार्फत क्रिप्टोकरेन्सी कारोबार गर्ने ४ जना विरुद्द ३७ करोडको मुद्दा दायर गरेको छ। विभागले कैलालि लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का , उनका बुबा नर वहादुर खड्का र उनकी साथी अनिता धिताल विरुद्द ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँ माग बिगो दाबी सहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ

उनीहरु विरुद्द सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स इ-स्क्रिल  तथा Binance प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको तथा  डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको मुद्दा दायर भएको हो । उनीहरुको बयान, विभिन्न वैकका वैक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त मिसिल संलग्न डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट मुद्दा दायर गरिएको विभागले बताएको   छ ।

उनीहरुले गरेको कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ को बिरुद्दमा भएको विभागले उल्लेख गरेको छ । त्यस्तै उनीहरुले नेपाल राष्ट्र बैंकको २०७४/०४/२९, २०७५/१२/२६ र २०७८/०५/२४ को सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएको विभागले जनाएको छ । उनीहरुलाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको माग गरिएको छ।

दिनेश खड्काले e–skrill, Binance मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोबल आईएमई बैंक समेतबाट ९ करोड ७९ लाख , ९८ हजार , अनिता धितालको लक्ष्मी बैंक समेतबाट  ५ करोड ७७ लाख ०६हजार, भगवती खड्काको एन. आई. सि. एशिया बैंक समेतबाट  २० करोड ४२ लाख ९४ हजार , नर बहादुर खड्काको ग्लोवल आई. एम.ई. बैंकबाट १ करोड ६४ लाख ११ हजार  गरी कुल  बिगो ३७ करोड ६४ लाख ६४ ११ हजार १ सय बिगो कायम गरिएको हो । उनीहरुले ३१ लाख २७ हजार ८ सय ९६ डलर ७९ सेन्ट बराबरको सटही गरेको र प्रति डलर १२०.३४ रुपैयाँको दरले  बिगो रकम कायम गरिएको विभागले बताएको  छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports