सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा देखिएको विवाद पार्टीभित्र छलफल गरेर समाधान गर्ने

546
shares

काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा देखिएको विवाद पार्टीभित्र छलफल गरेर समाधान गर्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको बैठकमा सभापति शेरबहादुर देउवाले बागमतीको विषय कांग्रेसको आन्तरिक विषय भएकाले यसलाई आफूहरूले नै हल गर्ने बताएका हुन् । ‘बागमतीमा नयाँ संसदीय दल नेता चयन भएको अवस्था छ, यो हाम्रो आन्तरिक विषय हो, हामी नै व्यवस्थापन (सेटल) गर्छौँ,’ सभापति देउवाले ओलीलाई बैठकमा भनेका थिए ।बागमती प्रदेशमा गठबन्धनको सरकार भएकाले एमालेको सहयोग भने आवश्यक पर्ने देउवाको भनाइ थियो ।

बैठकपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बागमती सरकारबारे दुई दलका नेताहरूको बैठकमा छलफल भएको जानकारी दिए । ‘बागमती प्रदेश सरकारबारे सामान्य समीक्षा भयो, त्यो विषय कांग्रेसको भएकाले कांग्रेसले नै मिलाउँछ एमालेले सहयोग गरिरहेकै छ भन्ने भयो’, खड्काले  भने, ‘हामीले बागमतीको समस्या चाँडै हल गर्ने जानकारी प्रधानमन्त्रीलाई गराएका छौँ ।’बागमतीमा कांग्रेस सांसद बहादुरसिंह लामा मुख्यमन्त्री छन् । प्रदेश संसदीय दलका नेता रहेका लामा विरुद्ध दलमा अविश्वासको प्रस्ताव दर्ता भएर निर्णयार्थ प्रस्तुत हुँदा पराजित भए ।

त्यसपछि दलको नेता चयनका लागि भएको निर्वाचनमा लामा कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँसँग पराजित हुन पुगे । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् । कांग्रेसका शीर्ष नेताहरूसँगको छलफल अघि नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका बागमती प्रदेश इञ्चार्ज राजन भट्टराई र अध्यक्ष कैलाश ढुङ्गेलसँग प्रदेश सरकारबारे कुराकानी गरेका थिए ।प्रधानमन्त्रीको सचिवालयका अनुसार भट्टराई र ढुङ्गेलसँग ओलीले बुधबार साँझ छलफल गरेका थिए । दुई दलका नेताहरूको बैठकमा एमालेबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, उपाध्यक्ष एवं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

त्यस्तै कांग्रेसबाट सभापति देउवा, उपसभापति खड्का तथा गृहमन्त्री समेत रहेका कांग्रेस नेता लेखक सहभागी थिए । बैठकमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports