सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपतिलाई सभामुख र अध्यक्ष सरह नठानौं

845
shares

 

काठमाडौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुन खोजेपछि उनी विवादको घेरामा तानिएकी छन् । भण्डारी राष्ट्रपति हुनु भन्दा पहिला नेकपा एमालेको उपाध्यक्ष रहेकी थिइन् । पूर्व राष्ट्रपति भण्डारी राष्ट्रपति भएर ७ वर्षसम्म शितल निवासमा राष्ट्रपति भवनमा बसेकी थिएन । पछिल्लो समयमा नेकपा एमालेले राष्ट्रपति भईसकेकी व्यक्ति पुनः सक्रिय राजनीतिमा आउनु नहुने उद्घोष गरिसकेको अवस्थामा माअ‍ोवादी केन्द्र सहितका केही दल र केही व्यक्तिहरुले भण्डारी सक्रिय राजनीतिमा आउन संविधान बाधक नरहेको बताउँदै आएका छन् । केही व्यक्तिहरुले पूर्व सभामुख, पूर्व राष्ट्रिय सभाका अध्यक्ष सक्रिय राजनीतिमा आएको र भण्डारी राष्ट्रपति रहेका बेला उपराष्ट्रपति रहेका नन्दबहादुर पुनः माओवादी पार्टीमा सक्रिय रहेर उपाध्यक्ष बनेको उदाहरण दिँदै आएका छन् ।
राष्ट्रपपति र उपराष्ट्रपति दलको सदस्य रहन नहुने सम्वैधानिक व्यवस्था रहेको छ । पूर्व राष्ट्रपतिलाई संविधानले नै सविधानको पालक, संरक्षक र नेपाली सेनाको परमाधिपति हुने व्यवस्था गरेको छ । तर राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई त्यस्तो कुनै व्यवस्था नगरेकाले र राष्ट्रियसभा र प्रतिनिधिसभाको अध्यक्ष र सभामुख बन्न सोही संसदको सदस्य रहनुपर्ने अनिवार्य व्यवस्था गरेको हुनाले राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुख पुन राजनीतिमा फर्किनु हुने तर पूर्व राष्ट्रपति पुन सक्रिय राजनीतिमा किन फर्कन नहुने भन्ने भाष्य आफैँमा गलत रहेको छ ।
राष्ट्रपति भनेको व्यक्ति नभएर संस्था समेत हो । राष्ट्रपति भै सकेका व्यक्तिले मुलुकको अभिभावको भूमिका निभाएर बस्नु नै उपर्युक्त हुनेछ । सम्वैधानिक व्यवस्था अनुसार राष्ट्रपति भनेको मुलुकको प्रमुख पद हो । राष्ट्रपतिले संसदले बनाएका कानुन र सरकारका निर्णयहरु प्रमाणीकरण गर्ने र स्वीकृत समेत गर्ने भएकाले गर्दा सो पदलाई सभामुख र अध्यक्ष पदसँग दाज्नु किमार्थ उति हुन सक्दैन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports