सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँ जिल्ला अदालतको महिमानसिंहलाई धरौटी माग्ने आदेश उच्च अदालतद्वारा सदर

845
shares

काठमाडौँ । उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टसँग धरौटी माग्ने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको छ ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले महिमानसिंह विष्टसँग १ लाख रुपैयाँ धरौटी माग्ने काठमाडौँ जिल्ला अदालतको आदेश बिहीबार सदर गरेको हो ।विष्टले जिल्लाको धरौटी नमिलेको दाबी गर्दै त्यसलाई बदर गरी तारेखमा रहन पाऊँ भनी माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि पक्राउ परेका उनलाई गत जेठ ५ गते जिल्लाले एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको थियो ।

विष्टले गत वैशाख १७ गते नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न प्रहरी र डिल्लीबजार कारागारमा पत्राचार गरेका थिए । उक्त अनधिकृत पत्रका कारण चौधरी ५ घण्टा कारागारमा बस्नुपरेको थियो । पछि सर्वोच्चले पत्र सच्याएर पठाएपछि चौधरी छुटेका थिए ।सोही दिन प्रहरीले विष्टलाई पक्राउ गरी लिखत किर्ते कसुरमा अनुसन्धान सुरु गरेको थियो । लिखत किर्तेमा प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विष्ट विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त लिखत किर्तेको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ । जिल्लाले धरौटीमा छाडेपछि नाउपाका संरक्षक चौधरीले गत जेठ १९ गते विष्टलाई थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports