सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपतिबाट पत्रकारहरु विभूषित

481
shares

काठमाडौ । २०७५ साल असोज ३ गते संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट घोषणा गरिएका विभिन्न मानपदवी अलङ्कार र पदकहरु २०७६ साल बैशाख १ गते आइतबार राष्ट्रपति कार्यालयमा आयोजना गरिएको विशेष कार्यक्रममा राष्ट्रपतिबाट विभिन्न महानुभावहरुलाई विभुषित गर्नुभएको छ । त्यसरी विभुषित हुनेहरुमा यस साप्ताहिकका सम्पादक प्रकाशक देवेन्द्र चुडालसहित निम्न पत्रकारहरु रहनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक ओम श्रेष्ठलाई सुप्रवल जनसेवा श्रीबाट विभुषित गर्नुभएको छ । सोही पदक पत्रकार शिव गाउँले र तिर्थ कोइरालालाई समेत प्रदान गरिएको छ ।

यसैगरी प्रवल जनसेवा श्री (चतुर्थ) बाट फोटो पत्रकार मीनरत्न बज्राचार्य, पत्रकारहरु रघु मैनाली, गणेश पाण्डे, माधव भण्डारी (विद्रोही) शम्भु श्रेष्ठ, गोपाल थपलिया, गोपाल बुढाथोकी, प्रताप विष्ट, निर्मला शर्मा, देवेन्द्र चुडाल, गोपाल छाङ्छा राई, इन्द्रमान बुढा (उजिर मगर), रविसिंह धामी र पुण्य पौडेलसमेत विभुषित हुनुभएको छ ।

यस्तै जनसेवा (पञ्चम श्रेणी) विभुषित हुनेमा पत्रकार्रहरुमा सीतादेवी मादेम्वा, अमृता पाण्डे (अमृता अनमोल) र फोटो पत्रकार गोरखबहादुर विष्ट रहनुभएको छ । उहाँहरु सबैलाई नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा महत्वपूर्ण योगदानको कदर गर्दै विभुषित गरिएको हो ।

सोही अवसरमा राष्ट्रपतिले विभिन्न क्षेत्रमा योगदान पु¥याएका विभिन्न महानुभावहरुलाई नेपाल रत्न, महाउज्जल राष्ट्रदिप, सप्रसिद्ध प्रवल जनसेवा श्री, उज्वल किर्तिमय राष्ट्रदिप, सुर्किमय राष्ट्रदिप, सुप्रवल जनसेवा श्री, कीर्तिमय राष्ट्रदिप, प्रवल जनसेवा श्री र जनसेवा श्री बाट विभिन्न व्यक्तिहरुलाई विभूषित गर्नुभएको छ । विभिन्न पदक पाउने सबै पत्रकार मित्रहरुलाई हार्दिक बधाई ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports