नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग हुनु परेको प्रधानमन्त्री ओलीको भनाइ

624
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित राष्ट्रहरू बाध्यताले अलग हुनुपरेको बताएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को साइड इभेन्टमा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

‘भू–परिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका मुख्य सल्लाहकार विष्णु रिमालले भनेका छन् ।उनले कनेक्टिभिटी नै न्याय भएको पनि सम्बोधनको क्रममा बताए ।तटीय राष्ट्रहरूसँग यसको कुञ्जी रहेको भन्दै त्यसलाई खोल्नु कर्तव्य हुन आउने उनको भनाइ छ ।

‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ । खोल्नु कर्तव्य हो, अनुग्रह होइन,’ प्रधानमन्त्रीले भनेका छन्, ‘अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं ।’प्रधानमन्त्री ओली एलएलडिसी समूहको सम्मेलनमा सहभागी तुर्कमेनिस्तानको अवाजा सहरमा छन् ।नेपाल एलएलडिसी समूहको अध्यक्ष मुलुक हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports