नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैकको नाफा १० गुणाले ह्वात्तै बढ्यो, कति दिन सक्छ लाभास ?

728
shares

प्रभु बैंकको नाफा १० गुणा (९६५ प्रतिशत विन्दु) बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५१ करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको हो।बैंकको खुद ब्याज आम्दानी घटेपनि अघिल्लो पटक राखेको प्रावधान फिर्ता (राइट ब्याक) गरेपछि नाफा बढ्न सहयोग पुगेको हो।बैंकले अघिल्लो पटक चार अर्ब ७१ करोड प्रावधान राखेको बैंकले यस पटक दुई अर्ब ५१ करोड फिर्ता ल्याएको छ।

बैंकको खुद ब्याज आम्दानी ३९ प्रतिशतले घटेको छ। ११ अर्ब ८९ करोडबाट घटेर सात अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ।बैंकको वितरण योग्य मुनाफा एक अर्ब चार करोड रुपैयाँ छ। बैंकले ४.४ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ। यसअघि यस्तो क्षमता थिएन। बैंकले ब्याज नउठेको कारण यसअघि नियामकीय प्रावधानमा राखेको एक अर्ब ५२ करोड रूपैयाँ फिर्ता ल्याएपछि लाभांश क्षमता देखिएको हो।

बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा छ। यस अघि यस्तो आम्दानी दुई रूपैयाँ १७ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports