सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानी दूतावासमा मनाइयो ७९ औँ स्वतन्त्रता दिवस

650
shares

काठमाडौं । पाकिस्तानले आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाएको छ ।

स्वतन्त्रता दिवसको अवसरमा बिहीबार नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झन्डोत्तोलन गर्दै दिवस मनाएको हो । यस वर्षको स्वतन्त्रता दिवस “मार्का–ए–हक” को विजयको उत्साहसहित मनाइएको थियो ।७९ वर्ष अगाडि तत्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक वर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ। दूतावासमा आयोजित कार्यक्रममा राष्ट्रपति महामहिम आसिफ अली जरदारीले पठाएको सन्देश सुनाइएको थियो ।

राष्ट्रपतिको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख छ। त्यस्तै उनले पाकिस्तानका संस्थापक कैद–ए–आजम मुहम्मद अली जिन्ना र आन्दोलनका कार्यकर्ताहरूको संघर्षलाई स्मरण गरेका थिए ।त्यस्तै, प्रधानमन्त्री मोहम्मद सहबाज सरिफले आफ्नो सन्देशमा बितेका ७८ वर्षले दृढता, दरिलो विश्वास र उज्यालो भविष्यको आशाको निम्ति देशका सपूतहरुले भोगेको अनिगिन्ती चुनौतीहरुको कथा भन्ने बताए । यसबाहेक पाकिस्तानले प्रत्येक क्षेत्रमा सफलता र उन्नतिको कोशेढुंगाका श्रृंखलाहरु हासिल गरेको पनि उनले उल्लेख गरे ।उक्त अवसरमा उपप्रधान एवम् विदेशमन्त्री मोहम्मद इशाक दरले भने, ‘आज मार्का ए हकको जितको उत्सव पनि मनाउँछौं, जहाँ पाकिस्तानले सैनिक र कूटनैतिक क्षेत्रमा तीव्र विकास गरेको थियो ।’

कार्यक्रममा राजदूत हास्मीले सन् १९४७ को ऐतिहासिक सङ्घर्ष र राष्ट्रका पुस्ताहरूले गरेको बलिदानप्रति सम्मान व्यक्त गरेका थिए । उनले विशेषगरी नेतृत्वको र पाकिस्तानी सेनाको जसले मार्का ए हकमा भारतीय सेनालाई पछि पार्न सफल भएको थियो त्यसप्रति सम्मान जनाए ।नेपाल सरकारले पनि पाकिस्तानको ७९औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports