नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाका पूर्वकर्णेल र सशस्त्र प्रहरीका पूर्वडीआइजी रास्वपामा प्रवेश

637
shares

काठमाडौँ । नेपाली सेनाका पूर्वकर्णेल र सशस्त्र प्रहरीका पूर्व डीआइजी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष रहेका ललित बहादुर श्रेष्ठसहित नेपाली सेनाका पूवकर्णेल डाक्टर (एजम्) प्रद्युम्न पौडेल र सशस्त्र प्रहरी बलका पूर्व डिआइजी दुर्गा भट्टराई पार्टी प्रवेश गरेका हुन् ।

सोही कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबको पूर्व गभर्नर र रेउकाई नेपालको पूर्वअध्यक्ष रहेकी महिला उद्यमी शोभा जोशी पनि पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूलाई कार्यवाहक सभापति डीपी अर्याललगायतले लोगो लगाएर स्वागत गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports