नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमबीबीएस र बीडिएस पढाउने कलेजको सिट संख्या बढ्यो ,कस्ले कति पाउने भए ?

715
shares

काठमाडौं। चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ। आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको हो।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शमा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो। बैठकले १ सय सिट रहेको एमबीबीएसको १ सय ३० सम्म र ५० सिट रहेको बीडीएसलाई ६० सिट दिने निर्णय गरेको छ।मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ।

सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ।प्रधानमन्त्रीको सचिवालयले आयोगको सिट निर्धारण समितिको सिफारिस विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पीसीएल तहको संख्या वृद्धि सहित सिट निर्धारणको निर्णय गरेको बताएकोछ ।

एमबीबीएस र बीडीएसको सिट संख्या बढाउन निजी मेडिकल कलेज सञ्चालकहरुले दवाव दिदै आएका थिए। गत चैत २१ गतेदेखि एमडी एमएस गर्ने चिकित्सकको आठौँ तह बराबरको निर्वाह भत्ता दिनुपर्ने भन्दै आन्दोलन गरेका थिए।जसमा निजी निजी मेडिकल कलेज सञ्चालकहरुले सिट संख्या र शुल्क बढाउनु पर्ने सर्त राखेका थिए।वैशाख ३ गते बसेको आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरवलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले शुल्क र सिट पुनर्मूल्यांकन गर्न सकिने जनाएको थियो। सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै एमबीबीएसको सिट संख्या बढाउने उल्लेख गरेको थियो । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क नबढाउन चेतावनी दिँदै आइरहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports