तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निम्तो

598
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् ।

मोदीको निम्तोपत्र लिएर आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए । उनले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।उक्त भेटमा मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । सोमबार मिश्री नेपाल भ्रमण सकेर दिल्ली फर्किएपछि नेपालस्थित भारतीय दूतावासले निकालेको विज्ञप्तीमा मोदीले ओलीलाई दुवै पक्षको अनुकूल हुनेगरी भारत भ्रमण गर्न निम्तो दिएका छन् ।

‘विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पक्षलाई अनुकूल हुने मितिमा भारतको भ्रमण गर्न भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दिनुभएको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुभयो,’ नेपालस्थित भारतीय दूताबासले सार्वजिनक गरेको विज्ञप्तीमा उल्लेख छ ।प्रधानमन्त्री ओलीले यही भदौ ३१ दुई दिने भारतको बोधगया भ्रमणमा जाने तयारी गरिरहेका छन् । यद्यपी यसको औपचारिक जानकारी भने नेपाल र भारत दुवै पक्षले सार्वजनिक गरिसकेका छैनन् ।विदेश सचिवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।विदेश सचिवले उनीहरूलाई भारतको नेतृत्वको शुभकामना व्यक्त गर्नुका साथै दुई देशबीचका पारस्परिक लाभका द्विपक्षीय सहकार्यका विभिन्न पक्षहरुमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।सचिव मिश्रीले नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई पनि भेटी नेपाली सेनालाई रक्षा सामाग्री र उपकरणहरू हस्तान्तरण गरेका थिए ।

विभिन्न भेटघाटका क्रममा दुवै पक्षले भौतिक कनेक्टिभिटी, डिजिटल कनेक्टिभिटी, रक्षा र सुरक्षा तथा ऊर्जा सहकार्य सहित द्विपक्षीय सहकार्यका विविध क्षेत्रहरुमा हालैका वर्षहरूमा भएका ठोस प्रगतिमा सन्तुष्टि व्यक्त गरेको भारतीय दूतावासले निकालेको विज्ञप्तीमा उल्लेख छ ।विदेश सचिव मिश्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरुसँग पनि भेट गरेका थिए ।विदेश सचिवको भ्रमणले दुई देशहरूबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै यसले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मद्दत गरेको दूतावासले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports