२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछानेको भैरहवा कारागारमा आफूलाई धेरै ठूलो पीडा भएको गुनासो

1.72K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारमा आफूलाई धेरै ठूलो पीडा भएको गुनासो गरेका छन् ।

बुधबार नख्खु कारागारमा भेट्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले यस्तो गुनासो गरेका हुन् ।‘उहाँको भैरहवा बस्दाको स्थिति धेरै जटिल थियो । भैरहवामा उहाँको भाषामा भन्ने हो भने झन्डै गोलघर जस्तै गरि राखियो भन्ने थियो,’ रविलाई भेटेर निस्किएपछि प्रचण्डले भने, ‘धेरै ठूलो पीडामा भएँ म भन्ने थियो । सामान्यत: यहाँको बसाइ, खानपिन सबै भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर प्रशंसा पनि गर्नुभयो ।’

उनले आफ्नो क्याबिनेटको दुई पटकसम्म गृहमन्त्री भएकाले पनि रविलाई भेट्न पुगेको बताए ।भैरहवा कारागारमा पनि जान चाहेको तर समय नमिलेको उनले बताए ।‘मेरो क्याबिनेटमा उहाँ दुई पटकको गृहमन्त्री पनि हो । अभिभावकको हैसियतले पनि उहाँको अवस्थाबारे बुझ्नुपर्ने थियो । भैरहवा पनि मिलेसम्म जान चाहेको थिएँ । स्थिति नमिलेर मात्रै हो,’ प्रचण्डले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports