सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटे

624
shares

काठमाडौं। सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् ।

विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो ।त्यसपछि अदालतले भदौं ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार ब्यूरोमा उपस्थित भएका महरलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं ल्याइएको थियो ।

महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । बझाङका स्थायी बासिन्दा महर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका हुन् ।गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।

महरलाई ०७८ मंसिरमा एमालेले केन्द्रीय सदस्य मनोनीत गरेको थियो । यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports